HamroNepalDainik.com
समाचारसमाज

कानु समाज नेपाल पर्साको बैठक समापन

२० माघ, बिरगंज। कानु समाज नेपाल पर्साको बैठक शनिबार पोखरियामा सम्पन्न भएको छ । समाजका अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा बसेको बैठकले भिभिन्न निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

समाजले आउने दिनमा स्वजातियको अति बिपन्न गरिब परिवारका शिक्षाबाट बन्चित रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा आवश्यक पोशाककाे व्यवस्थापन गर्ने र गरिब परिवारका उमेर पुगेका छोरीको विवाहमा सहयोग गर्ने समाजका अध्यक्ष लक्ष्मण साह कानुले प्रतिबद्धता जनाएका हुन् ।

आगामी बैशाख महिना भित्रमा कानु समाज नेपाल महानगर अधिवेशन गर्ने र त्यसपछि जिल्लाका १३ स्थानीय पालिकाको अधिवेशन गर्ने कानु समाज नेपाल पर्साका सचिव श्रवण प्रसाद साहले बताए ।
समाजकाे बैठकमा कानु समाज नेपाल पर्साका कोषाध्यक्ष ओमप्रकाश साह कानु, सहसचिव सुरेन्द्र साह कानु, सदस्य हरिशंकर साह कानु, जियालाल गुप्ता, रामदयाल प्रसाद साह, रुपनारायण प्रसाद साह, सल्लाहकार अखिलेश कुमार साह लगायतकाे उपस्थिती रहेको थियो ।

Related posts

विद्यालयमा अध्ययनरत २७ जना छात्राहरुलाई साइकल वितरण

hamronepaldainik

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik

नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन समपन्न।

hamronepaldainik
HamroNepalDainik