HamroNepalDainik.com
समाचारस्थानिय

सुशासन समितिको अनुगमन , ग्रामिण क्षेत्र को वडा कार्य अझ प्रभावकारी हुने

१७ कात्तिक, वीरगंज, बीरगन्ज महानगरपालिकाले ग्रामिण क्षेत्र को वडा कार्य अझ प्रभावकारी बनाउन सुशासन तथा संस्थागत विकास समितिले वडा समितिहरुको अनुगमन तिव्र बनाएको छ ।

बीरगन्ज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले महानगरपालिकाद्वार शुक्रवार महानगरको ४ वटा वडाको सेवा प्रभावह बारे अनुगमन गरेको हो । शुक्रवार वडा न १२, ३०, ३१ र ३२ को अनुगमन गरेको छ । अगामी दिन ग्रामिण क्षेत्र को वडाहरुमा अझ प्रभावकारी कार्य तथा सेवा दिलाउन कार्य अधि बढाएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए । वडामा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसिया बताए।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले बताए ।
वडामा संकलन हुने राजश्व साप्ताहिक रुपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाई गरिने समिति को सदस्य तथा वडा न २६ का वडा अध्यक्ष शम्भु मिश्राले अनुगमन थाल्नु परेको बताए ।
समितिले यस अधि वडा नं. ४ सहित ५, ६, ७ र १५ गरि ५ वटा वडाको अनुगमन गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिएका थिए  ।
अब ३२ वटै वडामा दैनिक रुपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थित भेटिने कर्मचारीलाई कारबाही पनि गरिने उनले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिनुभए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।
वडा नं. ५ का वडाअध्यक्ष समेत रहनु भएका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा समितिका सदस्य वडा अध्यक्ष द्वय शम्भु मिश्र, सुरेश गुप्ता, प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, प्रेस सल्लाहकार महेश दास, नगर प्रहरी प्रमुख हरि भुषाल लगायत रहनु भएको थियो ।

Related posts

खानेपानीमन्त्री यादवले सरसफाइको क्षेत्रमा राजनितिक दलहरुसँग खोजे प्रतिबद्धता

hamronepaldainik

वीरगंज–१६ नगवा स्थित नेशनल मोडेल स्कूलको चौथो वार्षिकोत्सव सम्पन्न

hamronepaldainik

वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन

hamronepaldainik
HamroNepalDainik