HamroNepalDainik.com
समाचार

बारामा एक महिलाको शव फेला

१६ कात्तिक, बारा | बारामा एक महिलाको हत्या गरिएको अवस्थमा शव भेटिएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ नगौलमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ |

स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। घटना बारे जानकारी पाए लग्तै ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलि घटनास्थलमा पुगेको थियो। हत्या गरेर फालिएको महिलाको पहिचान खुल्न सकेको छैन । घटना लगतै तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Related posts

वीरगञ्ज महानगर : बजेटमा सबैको अपनत्व दिलाउने प्रयास

hamronepaldainik

देउवा सरकारप्रति कांग्रेसभित्रै असन्तुष्टि

hamronepaldainik

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik