HamroNepalDainik.com
Uncategorizedप्रदेशराष्ट्रियसमाचार

बन्धक शिशुलाई उद्धार गर्न जाँदा डीएसपीमाथि छुरा प्रहार

१० कात्तिक, बाँके । बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए । खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए ।

उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले मध्यराति १२ बजे नजिकै रहेको प्रहरी बिट कौशिलानगरमा खबर गर्‍यो । बिटका टोलीले थप मद्दत चाहिने भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गर्‍यो ।

त्यसपछि कोहलपुरका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोली घटनास्थलमा पुग्यो । तिवारीका अनुसार, टोलीले त्यहाँ पुगेर पटकपटक संवाद गर्न खोज्दा उनले मानेनन् ।

‘परिवारका सदस्यले बरु गोली हानेर भए पनि नियन्त्रणमा लिनुपर्ने बताउन थाले, तर हामीले त्यस्तो गर्न मिल्थेन’, तिवारीले सुनाए, ‘नजिक जाने वित्तिकै बच्चा जोखिममा पर्ने स्थिति थियो, अश्रुग्याँस वा अरु कुनै विधिले पनि काम गरिरहेको थिएन ।’

प्रहरीको कमाण्ड सुन्दै नसुनेपछि प्रहरीले ढोका र झ्यालबाट प्रवेश गर्ने नीति लियो । हेलमेट लगाएका प्रहरी टोली दुवैतिर प्रवेश गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला मध्यराति कुशलले डीएसपी तिवारीलाई छुरा प्रहार गरे ।

‘म झ्यालबाट केही दूरिमै थिए, तर टाढाबाट हानेको छुराले चोट लाग्यो’, उनले भने, ‘झ्यालमा डिस्ट्याक्सन गरेर ढोकाबाट प्रवेश गर्न खोजेका थियौं, त्यसक्रममा यस्तो घटना भएको हो ।’

प्रहरीका अनुसार, उनको हातमा टाँका लगाउनु परेको छ । यसपछि प्रहरी थप आक्रामक भयो । बच्चाको उद्धार गरियो । परिवारसँगको सोधपुछका क्रममा उनले विगतमा पनि यस्ता खाले हर्कत देखाउने गरेको खुल्यो ।

‘पहिले पनि यसरी लखेट्ने गर्थ्यो, हामी भाग्थ्यौं । यसपालिचाहिं बच्चा पनि राखेकाले समस्या भयो भनेर परिवारका अन्य सदस्यहरुले बताउनुभएको छ’, एक प्रहरी अधिकृतले भने, ‘मानसिक रुपमा समस्या हुनसक्ने देखिएपछि उपचारका लागि कोहलपुर मेडिकल अस्पताल पठाएका छौं ।’ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।साभार अनलाईन खबर

Related posts

११ गते देखि २२ गते सम्म कलैया सस्तो रमाईलो मेला

hamronepaldainik

आसिफ र आरिफलाई वीरगन्जमा नागरिक अभिनन्दन , महानगरले दियो दुवैलाइ मोटरसाइकल

hamronepaldainik

बिन्दवासिनीमा जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

hamronepaldainik
HamroNepalDainik