HamroNepalDainik.com
समाचार

पेसागत महासंघ पर्साकाे जिल्ला भेला सम्पन्न, अध्यक्षमा सिंह र कोषाध्यक्षमा सहनी

वीरगंज । पेसागत महासंघ नेपाल पर्साकाे जिल्ला भेला शुक्रबार सम्पन्न भएकाे थियो । वीरगंजस्थित नारायणी अस्पतालको सभाहलमा भएकाे भेलाले रामबाबु सिंहको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेका थिए ।

नवगठित कमिटीकाे उपाध्यक्षमा राजेश्वर कुशवाहा, रिंकु साह, सचिवमा शिवनाथ प्रसाद थारु, सह सचिवमा राजेश चाैहान, काेषाध्यक्षमा अखिलेश कुमार सहनी सर्वसहमतले  चयन भएका छन् ।

यसैगरी कमिटीकाे सदस्यमा लालमहमद अंसारी, रामेश्वर साह, धर्मेन्द्र चाैबे, अमरदेव प्रसाद यादव, विजय महताे, मनिषा पाण्डे, सुनिता साह, शत्रुधन गिरी लगायतका चयन भएका हुन् ।

पेशागत महासंघ नेपाल, पर्साकाे जिल्ला भेला तथा समिति गठन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, जिल्ला संयाेजक डा. बिशेम्बर शर्मा, प्रतिनिधि सभा सदस्य प्रभु हजारा, निर्मला देवकोटा, पेशागत महासंघ नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रामदेव कलवार, पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज सन्तोस साह, रौतहटका जिल्ला इन्चार्ज बिनोद गिरि,  निजामती कर्मचारी संगठनको मधेश प्रदेश उपाध्यक्ष राज कुशवाहा,  जिल्ला सह -सचिव दिपक यादव,  कोषाध्यक्ष कमलेश कुमार सहनी  लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

श्री नेपाल स्काउट निमाविको नतिजा प्रकाशन, संस्कार सहितको शिक्षा अभियान चलाउने : अध्यक्ष चौरसिया

hamronepaldainik

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने एक पक्राउ

hamronepaldainik

अधिकारका लागि फेरि मधेस आन्दोलनको तयारी : डा. सीके राउत

hamronepaldainik
HamroNepalDainik