HamroNepalDainik.com
समाचारसमाज

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ ः मेयर सिंह

वीरगञ्ज, ९ भदौ
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताएका छन।
ओमेन स्किल सेन्टरको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले ओमेन स्किल सेन्टरले गरिरहेको कामको सह्राना पनि गर्नुभयो ।
उहाँले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताए ।
‘महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आउनुस सँगै हातेमालो गरेर काम गरौँ,’ उहाँले भन्नुभयो, ‘नाम मात्रैको तालिम नभई योगदान दिन सकिने गरि क्षमता अभिबृद्धिको कार्यक्रम गरौँ, त्यसका लागि महानगर लगानी गर्न तयार छ ।’
फरक प्रसंगमा उहाँले वीरगञ्जमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाएर काम नर्ग नदिने षड्यन्त्रमा लागेको बताउँदै कसैले हेकी भनेको भरमा आफूहरुको वीरगञ्ज बनाउन काम गर्ने रफ्तार नरोकिने स्पष्ट पारेको थिए  ।
कार्यक्रममा ओमेन स्किल सेन्टरले शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो ।
सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध गुप्ता, उद्योगी अशोक टेमानी, डा.राजेन्द्र कुमार लाल दास, फोरजिआरकी नुतन सरावगी लगायतको सहभागिता रहेको थियो ।

Related posts

इन्सेककाे अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

hamronepaldainik

समाजवादी प्रेस संगठनद्वारा वीरगंज महानगरकाे लोककल्याणकारीको भुक्तानी गर्न माग

hamronepaldainik

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

hamronepaldainik
HamroNepalDainik