HamroNepalDainik.com
समाचार

नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य बारे छलफल

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य गर्ने बारेमा छलफल भएको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज भएको छलफलमा यूएसएड अन्तर्गत विनरक इन्टरनेशनल मार्फत सञ्चालन हुने कृषि सामग्री परियोजना लागु गरी धान, मकै, मुसुरो र तरकारी बालीहरुमा बिउबिजन, याञ्त्रीकरण, सिंचाई र खाद्यतत्व व्यवस्थापनमा सहकार्यका बिषय समेटिएका थिए ।

सो परियोजना सुरुमा सुदुरपश्चिम, लुम्बिनी, कर्णाली र वागमती प्रदेशमा लागुहुनेछ । भविष्यमा अन्य प्रदेशमा समेत विस्तार गर्न सकिने जनाउँदै विनरक इन्टरनेशनलका तर्फबाट एलेक्सिस एलिकोटले यो परियोजनाको डिजाइनको अवस्था देखि नै सहकार्य गर्न चाहेको बताइन् ।

विनरक इन्टरनेशनलका रिक ओडीले यो परियोजनाको कार्यान्वयनमा नार्कको अनुसन्धानको पक्ष महत्वपूर्ण रहने बताए ।

नार्कका कार्यकारी निर्देशन डा. ध्रुवराज भट्टराईले नार्कसंग सहकार्य गर्न सकिने मुख्य पक्षहरुमा जोड दिएका थिए । उनले नेपालको कृषि अनुसन्धान प्रणाली बारेमा जानकारी दिदै कृषि अनुसन्धानका प्राथमिकताहरुको विवरण प्रस्तुत गरेका थिए ।

वाली तथा वागवानी अनुसन्धान निर्देशक डा.कृष्णकुमार मिश्रले अनुसन्धानका उपलब्धिलाई किसानसम्म पुर्याउँन उपयुक्त माध्यम पनि पहिलै सुनिश्चित गर्नुपर्ने बताए ।

योजना महाशाखा प्रमुख डा.टेकप्रसाद गोतामेले वालीनालीको प्राथमिकता तय गर्दा नेपाली बजारको माग अनुसार गर्नुपर्ने बताए । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा कृषिसंग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुले कृषिको उत्थानमा निकै चासो दिइरहेको र त्यसलाई हामीले सकारात्मक रुपमा लिई नतिजामुखी काम गरेर देखाउँनुपर्ने खाँचो रहेको बताए ।

छलफलमा योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे, बैज्ञानिक डा. सविना देवकोटा, विनरक इन्टरनेशनलको तर्फबाट रुद्रबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Related posts

पर्सा ३ मा चौरसियाको घरदैलो अभियान तीब्र, क्षेत्रको समस्या दीर्घकालीन समाधानको जोड

hamronepaldainik

एल.एस. न्यूरो हस्पिटलमा ‘आमा सुरक्षा’ कार्यक्रम संचालन

hamronepaldainik

प्याब्सन वीरगंजको आयोजनामा शनिवार देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

hamronepaldainik
HamroNepalDainik