HamroNepalDainik.com
समाचारस्थानिय

सनराईज बैँक बिन्दवासिनी शाखा द्वारा विद्यालयलाई फर्निचर सहयाेग

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा रहेकाे सनराईज बैँक बिन्दवासिनी शाखाले एक विद्यालयलाई राउन्ड टेबलसहित कुर्सी सहयाेग गरेकाे छ। बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ३ मा रहेकाे श्री रामस्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालयलाई राउन्ड टेबलसहित १२ वटा कुर्सी सहयाेग गरेकाे हाे ।

विद्यालयमै पुगि बैंकले एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक रामचन्द्र महताेलाई साे सामग्री हस्तान्तरण गरिएकाे जनाएकाे छ । सँस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई आवश्यकता अनुसारकाे सामग्री सहयाेग गरिएकाे बैंकका मधेश प्रदेश प्रमुख दिपक पडितले बताए ।

सामग्रि बुझ्दै प्रधानाध्यापक महताेले सनराईज बैँकका सम्पुर्ण सदस्यलाई विद्यालय परिवार तथा ब्यक्तिगत तर्फबाट धन्यवाद दिद‌ै विद्यालय तथा बिधार्थीकाे हकहितका लागि अगामी दिनमा पनि सहयाेगकाे अपेक्षा राखे ।

विद्यालयका सँस्थापक एवम् पुर्व बिधालय ब्यवस्थापक समितिका अध्यक्ष रामचन्द्र चाैरसियाकाे अध्यक्षतामा र सनराईज ब‌ैँक मधेश प्रदेश प्रमुख दिपक पँडितकाे प्रमुख आतिथ्यतामा भएकाे सामग्री हस्तान्तरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्याेति चाैरसिया, शिक्षा शाखा प्रमुख कपिल लामिक्षाने, वडाध्यक्ष जयप्रकाश चाैरसिया, अनाेज चाैरसिया, सनराईज बैँक बिन्दवासिनी शाखाका प्रमुख विश्व प्रताप चाैधुरी लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण शिक्षक सुकदेव चाैरसियाले गरेका थिए ।

Related posts

‘पूर्ण समावेशी सञ्चार नीतिको व्यवहारिक कार्यान्वयनमा जोड’

hamronepaldainik

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

hamronepaldainik

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ ः मेयर सिंह

hamronepaldainik
HamroNepalDainik