HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण

वीरगंज ७ असार ।

वीरगंज महानगरपालिका वडा नं. १९ स्थित विन्दवासिनी स्वास्थ्य चौकीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज शिव हरि तिवारीले १६ महिना देखि ५९ महिना सम्मका २८३ बच्चाहरु मध्ये २५६ जना बच्चाहरुलाई खोप लगाईएको छ ।  त्यसैगरी जन्मेदेखि १५ महिना सम्मका ११८ जना बच्चाहरुरहेकोमा सबैलाई खोप लगाईएको छ । नियमित खोप कार्यक्रमबाट ड्रप आउट भएका २७ जना बच्चाहरुलाई खोजी गरी चाडै नै खोप लगाउने बताउदै अधिकांश बच्चाहरुको खोप कार्ड रहेको केही बच्चाहरुको खोपकार्ड नभएकोलाई व्यवस्थापन गर्ने बताए । साथै आ-आफनो बच्चाहरुलाई खोप लगाउन आउदा आमाहरुलाई आफै आउनको लागी आग्रह गरे ।

खोप कर्मचारी तथा स्वयंसेवकहरुलाई आफुले सक्दो सहयोग गरी कर्मचारीहरुको मनोबल बढाउने तर्फ जनप्रतिनिधि एवं अभिभावकहरु सँग आग्रह गरेका थिए ।

वडा नं. १९ का कार्यवाहक वडाध्यक्ष उपेन्द्र प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, सुरक्षाकर्मी, स्वयंवेक, स्थानिय भद्रभलादमी लगायतको सहभागीता रहेको थियो ।

Related posts

घरेलु तथा साना उद्योग कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा

hamronepaldainik

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि वीरगञ्जमा विरुद्ध प्रदर्शन

hamronepaldainik

राष्ट्रिय सहारा दैनिककाे २० औं बार्षिकाेत्स सम्पन्न

hamronepaldainik
HamroNepalDainik