HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण

वीरगंज ७ असार ।

वीरगंज महानगरपालिका वडा नं. १९ स्थित विन्दवासिनी स्वास्थ्य चौकीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज शिव हरि तिवारीले १६ महिना देखि ५९ महिना सम्मका २८३ बच्चाहरु मध्ये २५६ जना बच्चाहरुलाई खोप लगाईएको छ ।  त्यसैगरी जन्मेदेखि १५ महिना सम्मका ११८ जना बच्चाहरुरहेकोमा सबैलाई खोप लगाईएको छ । नियमित खोप कार्यक्रमबाट ड्रप आउट भएका २७ जना बच्चाहरुलाई खोजी गरी चाडै नै खोप लगाउने बताउदै अधिकांश बच्चाहरुको खोप कार्ड रहेको केही बच्चाहरुको खोपकार्ड नभएकोलाई व्यवस्थापन गर्ने बताए । साथै आ-आफनो बच्चाहरुलाई खोप लगाउन आउदा आमाहरुलाई आफै आउनको लागी आग्रह गरे ।

खोप कर्मचारी तथा स्वयंसेवकहरुलाई आफुले सक्दो सहयोग गरी कर्मचारीहरुको मनोबल बढाउने तर्फ जनप्रतिनिधि एवं अभिभावकहरु सँग आग्रह गरेका थिए ।

वडा नं. १९ का कार्यवाहक वडाध्यक्ष उपेन्द्र प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, सुरक्षाकर्मी, स्वयंवेक, स्थानिय भद्रभलादमी लगायतको सहभागीता रहेको थियो ।

Related posts

नेपाल युवा परिषद्को आयोजनमा वडा नं. १७ अलौंमा बृक्षारोपण सम्पन्न

hamronepaldainik

घुम्न गएका विद्यार्थीले चढेको जिप दुर्घटनामा परी , ८ जनाको मृत्यु

hamronepaldainik

पकाहामैनपुर गाऊपालिका का अध्यक्ष चौरसियाको व्यापक भ्रष्टाचार बिरुद्ध युवाहरुको प्रदर्शन

hamronepaldainik
HamroNepalDainik