HamroNepalDainik.com
बैंक/वित्तसमाचारस्थानिय

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

१० माघ, वीरगंज । राष्ट्रिय वाणिज्य बैंककाे ५८ औं बार्षिकाेत्सवकाे अवसरमा वीरगंजमा सत्ताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । बैंककाे मधेश प्रादेशिक कार्यालय वीरगंजले रक्तदान सहितकाे विभिन्न कार्यक्रमकाे आयाेजना गरि सत्ताव्यापी रुपमा बार्षिकाेत्सव मनाएकाे हाे ।

बार्षिकाेत्सवकाे अवसरमा आयाेजित सत्ताव्यापी कार्यक्रमकाे अन्तिम दिन बैंकले वीरगंजकाे श्रीसियास्थित मानव सेवा आश्रममा खाना खुवाउनुकाे साथै बैंककाे प्रादेशिक कार्यालय आदर्शनगरमा समापन समाराेहकाे आयाेजना गरेकाे बैंकका आलाेक कर्णले जानकारी दिए ।

बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्र‍िय वाणिज्य बै‍ंककाे शाखा कार्यालय आदर्शनगर, श्रीपुर र प्रादेशिक कार्यालय वीरगंजका कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

बैंककाे सभा हलमा आयाेजित कार्यक्रममा पूर्व कर्मचारी र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएकाे कर्णले वताए ।

यस्तै बैंकले बार्षिकाेत्सवकाे अवसरमा रक्तदान, प्रभातफेरी,  विभिन्न खेलकुद लगायतकाे कार्यक्रम गरिएकाे बैंकका कर्मचारी राहुल ओझाले वताए ।

Related posts

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी फस्टाउदै

hamronepaldainik

यातायात कार्यालय सवारी चालक अनुमति पत्र शाखामा घुसको रकम फालाफाल

hamronepaldainik

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा पाण्डेको दाबी

hamronepaldainik
HamroNepalDainik