HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

वीरगंज स्कुल आफ लको आयोजना नमुना संसद २०७९ कार्यक्रम सम्पन्न

वीरगंज २६ पुस । वीरगंज स्कुल आफ लको आयोजनामा सोमवार देखि जारी नमुना संसद २०७९ कार्यक्रम मंगलवार एक समारोहका बिच सम्पन्न भएको छ ।

नयाँ युवा नयाँ सोच नेपालको संयोजनमा भएको सो दुई दिवसीय कार्यक्रममा क्लेजका ४० जना बिद्यार्थीहरुलाई नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिईएको कलेजका प्र.अ चन्द्रीका पटेलले बताए । बीरगंज स्कुल अफ ल का चेयरमेन तथा नेपाल बार एसोसिएसन केन्द्रिय कमिटी का उपाध्यक्ष अधिवक्ता सुधिर कुमार कर्णको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश उच्च अदालत बीरगंज बार का अध्यक्ष अधिवक्ता विशाल चौधरी, नयाँ युवा नयाँ सोच नेपालका संयोजक बिनोद खत्री लगायतकाले आ–आफना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुस २५ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म प्रशिक्षण, २६ गते सहभागी विद्यार्थीहरुलाई सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, प्रमुख सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा नेपाल नागरिकता (संसोधन विधेयक),२०७९ पेश गरि त्यस उपर सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधन पेश गर्दै अभ्यास गराईएको थियो ।

सो अभ्यासमा उत्कृष्ट बहसकर्ता पुजा राम, उत्कृष्ट अनुसन्धानकर्ता आरती मिश्रा तथा उत्कृष्ट नेतृत्वकर्ता मुकेश शाहलाई निर्णायक मण्डलले छनौट गर्दै पुरस्कार समेत प्रदान गरिएको प्र.अ पटेलले बताए ।

Related posts

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री आक्रोसित, भने– संघीयता विरोधीहरु बदनाम गर्न खोजियो

hamronepaldainik

एकीकृत सरकारी कर्मचारी संगठन पर्साकाे प्रथम अधिवेशन सम्पन्न

hamronepaldainik

आइतबारदेखि विद्यालय सुचारु गर्न गाउँपालिका अध्यक्ष तिवारीकाे आग्रह

hamronepaldainik
HamroNepalDainik