HamroNepalDainik.com
समाचारस्थानिय

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

वीरगंज ११ मंसिर ।
वीरगंजको माहाबिरस्थान स्थिति सिभिल बैंक लि.ले आफ्नो १२ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंज शाखाद्धारा बैंक परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा बैंकका मधेश प्रदेश्का प्रमुख बिश्वास राज अर्याल, शाखा प्रमुख अमर अमात्य, सचिन श्रेष्ठ, बिकाश शर्मा, अकलेश सहनी, संगीता कार्की, उज्जवल सुवेदी सेवाग्राही लगायत ३१ जनाले रक्तदान गरेका हुन ।
बिरगंज शाखाका प्रमुख अमर आमात्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका प्रमुख बिश्वास राज आर्यालले रक्तदान जिवन दान हो भन्दै कार्यक्रम आयोजना गरेको प्रति आयोजकलाई धन्यबाद दिनु भएको थियो । हरेक तीन–तीन महिनामा रगत स्वतः नष्ट भई नयाँ बन्ने भएकोले सबै स्वस्थ्य नागरिकले समय समयमा रक्तदान गर्नु पर्ने सुझाउदै एक पोका रगत दिदां कसैको ज्यान बच्यो भने त्यो भन्दा ठुलो कुनै पुण्यको काम अरु केही नरहेको बताउनु भयो ।
रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्रका धिरेन्द्र झा लगायतको टिमले प्राविधिक सहयोग गरेका थिए । बैंकका कर्मचारी लगायत बैंकिङ क्षेत्रमा लागेका व्यक्तिहरुको उपस्थिति रहेको शाखा प्रमुख अमर अमात्यले बताउनु भयो ।

Related posts

बुद्ध जयन्तीको अवसरमा बिरगंजको भिस्वा डाँडामा सरसफाई

hamronepaldainik

युवा नेता धिरज गुप्ता द्वारा कांग्रेस को केन्द्रीय सदस्य मा निर्बाचित चौरसियालाई शुभकामना

hamronepaldainik

प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न आह्वान

hamronepaldainik
HamroNepalDainik