HamroNepalDainik.com
समाचार

सानवी फाउन्डेसनद्धारा तीज रमाईलो महोत्सव २०७९ सम्पन्न

वीरगंज ४ भदौ ।
“परम्परा जोगाऔं विकृति हटाऔं” भन्ने मुल नाराका साथ सानवी फाउन्डेसन अफ नेपाल वीरगंज–११ पर्साको आयोजनामा शनिवार वीरगंजमा तीज रमाईलो महोत्सव २०७९ सम्पन्न भएको छ ।
बलराम ईन्टरप्राईजेज वीरगंज पर्साको सहयोगमा वीरगंजको नगरसभागृहमा आयोजित महोत्सवको उदघाटन नेपाली काँग्रेसकी महिला नेतृ रम्भा भिश्रले पानसमा बत्ति बाली उदघाटन गरेकी थिईन ।
उदघाटन गर्दै नेतृ मिश्रले महिलाहरुको महान चाड हरितालिका तीजको शुभकामना दिदै भव्य र सभ्य रुपमा मनाउन आग्रह गरेकी थिईन । सानवी फाउन्डेसनका अध्यक्ष विवेक कुमार झाको सभापतित्वमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि पल्लवी हरलालका, डा. स्नेहा चौरसिया, मेघा ठाकुर लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।
सो अवसरमा सहभागी महिलाहरुले तीजको गीत गाउनुका साथै नृत्य गरी मनोरञ्जन समेत गरेको आयोजक संस्थाका राज साहले बताए ।

Related posts

आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा अभिभावकहरुको सम्मान कार्यक्रम समपन्न

hamronepaldainik

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा पहिलो चरणको नतिजा सार्वजनिक

hamronepaldainik

खानेपानीमन्त्री यादवले सरसफाइको क्षेत्रमा राजनितिक दलहरुसँग खोजे प्रतिबद्धता

hamronepaldainik
HamroNepalDainik