HamroNepalDainik.com
समाचार

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

स्वासथ्य मन्त्रालयका अनुसार ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ । साभारonlinekhabar

Related posts

सिट क्षमता भन्दा बढि यात्रु बोकी रुट पर्मिट विना महानगरमा टेम्पो कुद्दै

hamronepaldainik

पटेर्वा सुगौलीको सातौं गाउँ सभा सम्पन्न

hamronepaldainik

जसपालाई फकाउन संसदीय दलको बैठकमै पुगेका थिए प्रधानमन्त्री

hamronepaldainik
HamroNepalDainik