HamroNepalDainik.com
शिक्षासमाचार

वीरगंजको लिंकरोडमा Annex ईन्टरनेश्नल एजुकेशनल कन्सलटेन्सीको उदघाटन

वीरगंज २१ जेठ ।

वीरगंजको लिंकरोडमा शनिवार देखि Annex ईन्टरनेश्नल एजुकेशनल कन्सलटेन्सी प्रा.लि. शुभारम्भ भएको छ ।

लिंकरोड गुरास लाईफ ईन्स्योरेन्स प्रालिको सामुने कन्सलटेन्सीको आज एक भव्य समारोहका बीच वीरगंज आँखा तथा दन्त अस्पताल प्रा.लि.का सञ्चालक एवं समाजसेवी अनवर अलीले रिबन काटेर उदघाटन गर्नु भएको हो ।

कन्सलटेन्सीको उदघाटन गर्दै प्रमुख अतिथि अनवर अलीले कन्सलटेन्सीको उत्तरोत्तर प्रगतिको कामना सहित बधाई दिदै विद्यार्थीहरुको रोजाईको केन्द्र बनोस भनी कामना समेत गर्नु भएको थियो ।

Quest Pharmaceuticals Pvt. Ltd. का बरिस्ठ गुणस्तर नियन्त्रण अधिकृत (Sr. Quality Control Officer) राजेश्वर प्रसाद चौरसियाले प्रमुख अतिथि अनवर अलीलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा संचालक समितिका म. रहिस आलम, त्यसैगरी सुलभ राज चौरसिया , अरबिन्द चौधरी, रामविनेश कुशवाहा, अवधेश राम, लालबाबु यादव, सिकेन्द्र कुशवाहा, संदिप कुशवाहा लगायतको सहभागीता रहेको जनाईएको छ ।

Related posts

पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने

hamronepaldainik

श्री नेपाल स्काउट नि.मा.वि. इटियाही द्वारा कपडा वितरण

hamronepaldainik

“जिम्मेवार पत्रकारिता र राससकाे भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न

hamronepaldainik
HamroNepalDainik