HamroNepalDainik.com
समाचार

८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण

Interview with senior leader of Rastriya Janata Party-Nepal, Laxman Lal Karna in Singha Durbar, Kathmandu on Thursday, November 29, 2018. Photo: Balkrishna Thapa Chhetri/THT

१४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे ।

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता कर्णले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसकेको बताए ।

‘हामीले पाँच वर्ष स्थानीय निकाय सञ्चालन गर्‍यौं, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता छ कि छैन ?’ उनले भने, ‘अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले गाली खाइरहेका छन् । कसले कमाइरहेको छ, त्यहाँका प्रशासकीय प्रमुखहरु । ८० प्रतिशत प्रशासकीय प्रमुखको घर काठमाडौंमा छ । नभए त शहर जहाँ छ, त्यहाँ बनाइसके पाँच वर्षमा । के गर्‍या छ प्रमुख उपप्रमुखले ?’

स्थानीय तहका पदाधिकारीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतको भर पर्नुपर्ने भन्दै नेता कर्णले पदाधिकारीले चाहेर मात्र केही गर्न नसक्ने टिप्पणी गरे । ‘यसतर्फ हामीले रिभ्यू गर्नुपर्ने, कसरी सहज बनाउने पद्धति कि उसले (पदाधिकारी) काम गर्न सकोस् ।’ साभारonlinekhabar

Related posts

बहुदरमाई नगरपालिकामा : बहुदरमाई जनस्वास्थ्य प्रयोगशाला उदघाटन

hamronepaldainik

उच्च अदालत बार एशोसिएसन वीरगञ्जमा पनि बिरोध सभा कार्यक्रम

hamronepaldainik

सडक विगारेपछि टेलिकम परिसरमा महानगरले फाल्यो फोहोर

hamronepaldainik
HamroNepalDainik