HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा को घरदैलो सम्पन्न

वीरगञ्ज, २७ बैशाख /

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनता समाजवादी पार्टी (जसपा) को घरदैलो सम्पन्न भएको छ । वीरगञ्जको श्रीपुर धर्मशालाबाट जसपाको वडाअध्यक्षका उम्मेदवार अजय चौरसियाको नेतृत्वमा घरदैलो शुरु भएको हो । ५ सय जना वडाबासीको उपस्थितीमा भएको घरदैलो मुर्ली चौक, त्रिमुर्ती चौक, हुँदै रानिघाटसम्म पुगेर टुंगिएको थियो ।

घरदैलोका क्रममा जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले पनि वडाबासीसँग भोट अपिल गरेका छन् । वडा नम्बर ११ का बासिन्दाले पनि सिंहलाई नै भोट दिने प्रतिक्रिया दिएका छन् । वीरगञ्जको बिकास र परिवर्तनका लागि र सुशासन कायम गर्नका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन घरदैलोका क्रममा आग्रह गरिएको छ ।

घरदैलोका क्रममा जसपाका स्थानीय नेताहरु जगन महतो, अजिम हवारी, वकिल हवारी, शनि महतो, जसपा इकाई अध्यक्ष पर्सन महतो, बिनोद महतो धानुक, बाबुलाल साह लगायतको उल्लेख्य उपस्थिती रहेको जसपाका युवा नेता निरज पाण्डेले जानकारी दिए ।

Related posts

मन्त्रिपरिषद्को बैठकले नाका खुला गर्ने निर्णय गरे पनि बीरगञ्ज-रक्सौल नाका अहिले पनि बन्द नै

hamronepaldainik

पर्सा प्रहरी द्वारा ठुलो मात्रामा लागु औषध बरामद, चार जना पक्राउ

hamronepaldainik

नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य बारे छलफल

hamronepaldainik
HamroNepalDainik