HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदका उमेदवार धिरज चौरसिया लोकप्रिय बन्दै

वीरगञ्ज २३ बैशाख /
स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनी गाउँपालिका वडा नं. ४ का समाजसेवी तथा युवा नेता धिरज चौरसिया लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही दिन देखि जनताको सेवामा समर्पित हुदै आएका धिरज चौरसिया आउने बैशाख ३० गते को चुनावको लागि एमाले को तर्फ बाट वडा अध्यक्षका उमेदवारी दिएका छन्।

यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिएको नेता चौरसियाले बताए ।
चौरसिया राजनीति पेशामा आबद्ध भइ वडा नं.४ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाज सेवकको रूपमा चिनाउन सफल धिरज चौरसिया नै यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।

बिगतको पाँच बर्ष मा वडा नं ४ का निर्वाचित अध्यक्ष जनताको निमित बिकासको काम गर्न नसकेकोले यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता धिरज चौरसियालाई नै रोज्ने स्थानीय युवाहरुले बताएका छन्।

Related posts

थप ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

hamronepaldainik

जगरनाथको चौथो अध्यक्ष कप–२०८२ को उपाधि जागृत युवा क्लबलाई

hamronepaldainik

होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु माओवादी केन्द्रमा प्रवेश

hamronepaldainik
HamroNepalDainik