HamroNepalDainik.com
समाचारस्थानिय

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

वीरगन्ज, ७ वैशाख / आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदात केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनु्भयो । यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यसैगरी क्रममा पोखरीयामा ११ मतदानस्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदानस्थल र २८ मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको हो । यसैगरी विन्दवासनीमा नौ मतदानस्थल र २० मतदान केन्द्र, पकहामैनपुरमा छ मतदानस्थल र १५ मतदान केन्द्र धोवनीमा सात मतदानस्थल र १६ मतदान केन्द्र , छिपहरमाईमा आठ मतदानस्थल र २० मतदान केन्द्र, कालिकामाईमा नौ मतदानस्थल र १८ मतदान केन्द्र, जगरनाथपुरमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, जिराभवानीमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, पटेवासुगौलीमा आठ मतदानस्थल र १७ मतदान केन्द्र, सखुवाप्रसौनीमा सात मतदानस्थल र २१ मतदान केन्द्र तथा ठोरी गाउँपालिकामा सात मतदानस्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुनुपर्नेमा कार्यालय कार्यालय प्रमुख झाले बताउनुभयो । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता छन् ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् । (रासस)

Related posts

ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

hamronepaldainik

बिरगंज महानगरपालिका वडा नं.१९ को अध्यक्ष पदका उमेदवार तिवारी लोकप्रिय बन्दै

hamronepaldainik

ठाकुरराम क्याम्पसमा आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा

hamronepaldainik
HamroNepalDainik