HamroNepalDainik.com
राजनीतिसमाचार

नेकपा एकीकृत समाजबादीको विभिन्न वार्डमा बैठक ,भेला र कमिटी बिस्तार

बिरगंज पर्सा

नेकपा एकीकृत समाजबादी बिरगंज महानगर कमिटीले संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ । पार्टीको बिरगंज महानगर भित्रको जिल्ला कमिटी सदस्यहरुको बैठक होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ ।

बिरगंज महानगर कमिटीको अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै व्यापक निर्वाचन अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष मन्जुर आलमले बताउनु भयो ।

बैठकले महानगरको ३२ वटा वार्डमै विभिन्न जन संगठनका कमिटीहरु चैत १० गते भित्रमा गठन गरि सक्नु पर्ने निर्णय समेत गरेको छ । त्यस्तै बिरगंजको वार्ड न . – १७ अलौमा पार्टीको वार्ड भेला एवं होलि मिलन समारोह सम्पन्न भएको छ । पार्टीको वार्ड कमिटी अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा आयोजित समारोहमा उल्लेख्य वार्डबासीहरुको सहभागिता रहेको थियो ।

त्यसै गरि बिरगंज वार्ड न. – २१ परवानिपुरमा पार्टी निकटको अनेमा संघ समाजबादीको भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले धर्मशिला कुशवाहाको अध्यक्षता १५१ सदस्यीय वार्ड कमिटी गठन गरेको राजमहम्द अनसारीले बताउनु भयो । कर्यक्रमहरुमा पार्टीको पोलिट ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज रामचन्द्र साह , पोलिट ब्युरो सदस्य एवं बिरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य , बिरगंज महानगर सचिव बृजलाल पसवान , पार्टीका मधेस प्रदेश सदस्यहरु बृज प्रसाद यादव , मनोज शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

Related posts

किशन सर्राफको अध्यक्षतामा वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

hamronepaldainik

चलचित्र हलको परिसर भित्र (MRP) भन्दा बढी मूल्यमा पानी तथा खानेकुरा बिक्री गर्न नपाइने

hamronepaldainik

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने एक पक्राउ

hamronepaldainik
HamroNepalDainik