HamroNepalDainik.com
समाचार

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न: प्रधानमन्त्री देउवा आज वीरगञ्जमा

वीरगञ्ज, २६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवा आज (बिहिवार) वीरगञ्ज आएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री देउवा आज वीरगञ्जमा आएका हुन् ।

आज र भोली वीरगञ्जको नगर सभागृहमा हुने महाधिवेशन तथा सम्मेलनमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका देउवा आज वीरगञ्ज आएका हुन् ।

नगर सभागृहमा हुने महाधिवेशनअघि देउवाको वीरगञ्जस्थित लर्डस् दियालोमा कार्यकता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम रहेको छ ।

आज दिउँसो १ बजे नगर सभागृहमा महाधिवेशन तथा सम्मेलनको देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

Related posts

आइपीएल खेलमा अनलाइन मार्फत सट्टाबाजी गर्ने चारजना वीरगञ्जबाट पक्राउ

hamronepaldainik

सुरु भयो प्रधानमन्त्री र कानुन व्यवसायीहरु बीच छलफल

hamronepaldainik

वीरगन्जको छठ घाटमा पूर्व युवराज्ञी हिमानी

hamronepaldainik
HamroNepalDainik