HamroNepalDainik.com
समाचारस्थानिय

पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे छ । गाउँपालिकाकाे वडा नं. १ र २ का गर्भवती महिलाहरुलाई आइतबार गाउँपालिकाले पाेषिलाे आहार वितरण गरेकाे हाे ।

वडा नं. १ स्थित मधुवन मथाैल स्वास्थ्य चाैकीमा भएकाे कार्यक्रममा गर्भवती महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पाेषिलाे आहार वितरण गरेका थिए ।

गर्भवतीमहिलाहरुलाई पाेषिलाे आहार वितरण गर्दै गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आमाकाे गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुने वताए । उनले गर्भवतीकाे समयमा महिलाहरुले विशेष ध्यान दिनु पर्ने सुझाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष जयसवालले गर्भा अवस्थामा महिलाहरुलाई अति आवश्यक पर्ने पाेषिलाे आहार वितरण गरिएकाे वताए । उनले गर्भावती महिलाहरुकाे लागि निशुल्क रुपमा भिडियाे एक्स्रे लगायतकाे सुविधा समेत गाउँपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराइएकाे वताए । गाउँपालिकाले आइतबार एक कार्यक्रमकाे बिच वडा नं. १ का एक सय र वडा नं. २ का एक सय १० जना गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे सुचना अधिकारी भुजेन्द्र चाैधरीले जानकारी दिए ।

Related posts

बिन्दवासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका उमेदवार चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik

सुरजी देवी मा.वि.का ४ जना शिक्षक कारबाहिमा

hamronepaldainik

ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ

hamronepaldainik
HamroNepalDainik