HamroNepalDainik.com
Uncategorizedराजनीतिसमाचार

ने.क.पा एमाले पर्सा जिल्लाको अधिबेशनमा अध्यक्ष पद काे लागि क. मनाेज गुप्ताले गरे उम्मेदवारीको घाेषणा

बीरगञ्ज २५ पुष

नेकपा एमाले पर्साको जिल्ला सचिब मनोज गुप्ताले यसै महिनाको २७ र २८ गते बीरगंजमा हुने आठौं जिल्ला अधिबेशनमा आफु अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा आज आयोजि पत्रकार सम्मेलन मार्फत उनले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेपनि सहमति हुन्छ भने त्यसको बाधक नबन्ने जानकारी समेत गराएका छन ।

पत्रकार सम्मेलनमा छिपरमाई गाउँ पालिकाको अध्यक्ष समेत रहेका गुप्ताले पर्साको सबै तहका जनताको चाहाना, बिचार र समस्याको समाधानको लागि सुखि र खुशी पर्सेलीको अवधारणा पुरा गर्न पनि आफु अध्यक्ष बन्नुपर्ने धारणा राखे ।

उनले आफु २०५७ सालको एमालेको पार्टी सदस्य भएको हुनाले पनि अध्यक्षमा स्वभाबिक दाबेदारी रहेको जानकारी गराउनुहुँदै आउँदा दिनमा हुने तिनै तहको निर्बाचनमा पर्सामा एमालेलाई पहिलो शक्ति बनाउने, सबै संगठित सदस्यहरुको अभिलेखीकरण गर्न अलग्गै मोबाइल एप बनाउने,पुराना अगूवा नेताहरुको अनुभव र नयाँ जोस र जँगरको समन्वय गर्ने, कार्यकर्ता कल्याणकोष निर्माण गरि समस्यमा परेका कार्यकर्ताहरुको लागि कोष परिचालन गर्ने, पार्टीका नेता कार्यकर्तालाईै बैचारिक रुपमा दृढ बनाउन नियमित प्रशिक्षण सन्चालनमा ल्याउने पार्टी कार्यलयलाई प्रबिधि र सुबिधा सम्पन्न बनाइने जस्ता प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

Related posts

नाबालिकालाई यौनधन्दामा लगाउने एक महिला पक्राउ

hamronepaldainik

नवनियुक्त मुख्यमन्त्रीले सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न दिए निर्देशन

hamronepaldainik

वीरगञ्ज महानगरको बजेट : ३ अर्ब २१ करोड ३५ लाख

hamronepaldainik
HamroNepalDainik