HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जको गण्डकस्थित बयोद्या अस्पताल नजिकै १ जनाको शब फेला

वीरगञ्ज, २३ पुष । वीरगञ्जको गण्डकस्थित बयोद्या अस्पताल नजिकै १ जनाको शब फेला परेको छ ।

बयोद्या अस्पताल पछाडीको नालामा बिहिवार बेलुकी लगभग ५ बजेतिर १ जनाको शब फेला परेको प्रहरीले जनाएको छ । भारत घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया बस्ने ४८ वर्षीय मुखतार मियाको टाउको आँखामा चोट लागेको अवस्थामा शब फेला परेको हो ।

घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएपनि पुष्टि भएको छैन । शबलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीको भनाई छ । यसैगरि पर्साको जगरनाथपुरमा पनि एक ब्यक्तिको शव फेला परेको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी १२ वर्षका मन्टु पटेलको शव बरामद भएको हाल उक्त घटना स्थलमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Related posts

मुख्यमन्त्रीले मागे मन्त्री यादवको राजीनामा

hamronepaldainik

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल

hamronepaldainik

सात दिन भित्र विवरण बुझाउन धार्मिक स्थलहरूमा महानगरले पठायो पत्र

hamronepaldainik
HamroNepalDainik