HamroNepalDainik.com
समाचार

समाजवादी प्रेस संगठनबाट तिवारी निष्काशन

बारा, १६ पौष

समाजवादी प्रेस संगठन नेपाल बाराले धिरेन्द्र तिवारीलाई निष्काशन गरेको छ ।

समाजवादी प्रेस संगठन बाराले गौरवशाली संगठनको मूल्य, मान्यता, मर्यादा, हितविपरित कार्य प्रर्दशन गरेकाले तिवारीलाई निष्काशन गरिएको हो । शुक्रवार एक विज्ञप्ती निकाल्दै तिवरीलाई संगठनको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको समाजवादी प्रेस संगठन बाराका अध्यक्ष अजय साहले जानकारी गराएका छन् ।

पुस १६ गते बसेको बैठकले तिवारीलाई समाजवादी प्रेस संगठन बारा कार्य समितिको सह—सचिवमा चयन गरेको थियो । यस संगठनले तिवारी माथि गरेको स्वच्छ विश्वासलाई छोटो समयमा नै विश्वास, इमानदारिता, जिम्मेवारीप्रति विश्वासघात गरेको ठहर गर्दै यो कारवाही गर्न यस संगठन बाध्य भएको अध्यक्ष साहले बताएका छन् । उनको अगामी दिन सुखमय रहोस भन्ने कामना समेत गरेका छन् ।

Related posts

गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

hamronepaldainik

गोल्डेन फ्युचर एकेडेमी बिज्ञान प्रविधिहरुको प्रदर्शनी

hamronepaldainik

वीरगञ्ज महानगरले गर्यो श्वेत पत्र जारी : श्वेत पत्रले देखाएको बेथितीलाई अन्तय गर्ने मेयर सिंहको प्रतिब्धता

hamronepaldainik
HamroNepalDainik