HamroNepalDainik.com
बैंक/वित्तसमाचार

सर्वसाधारणले जम्मा गरेको पैसा मिटरब्याजमा लगाएपछि, बैंक म्यानेजर पक्राउ

१३ मंसिर, काठमाडौं ।

बचतकर्ताले जम्मा गरेको रकम बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलेपछि पाँच जना पक्राउ परेका छन् ।

सिन्धुविकास बैंक, दोलालघाट शाखाका निमित्त म्यानेजर सुमन खरेल र कर्मचारी रामकृष्ण श्रेष्ठले बैंकमा जम्मा गरेको रकम मिटरब्याजमा लगाएको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिंहका अनुसार बैंकका दुई कर्मचारीसँगै रकम लिने व्यवसायी विमल खत्री, वीरेन्द्र खत्री र निरञ्जन श्रेष्ठ पनि पक्राउ परेका छन् । ‘पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर बैंकिङ कसूरमा अनुसन्धान गरिरहेका छौं’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंहले भने ।

उनका अनुसार खरेल र श्रेष्ठले उनीहरुलाई दुई करोड ४७ लाख ९० हजार ८५५ रुपैयाँ ऋण दिएको पाइएको छ । तर रकम दिएको बैंकको अभिलेखमा उल्लेख थिएन ।

अनुसन्धान अधिकृतहरुले मिटरब्याजमा रकम दिएको हुनसक्ने आशंका गरेका छन् ।उनका अनुसार खरेल र श्रेष्ठले उनीहरुलाई दुई करोड ४७ लाख ९० हजार ८५५ रुपैयाँ ऋण दिएको पाइएको छ । तर रकम दिएको बैंकको अभिलेखमा उल्लेख थिएन । अनुसन्धान अधिकृतहरुले मिटरब्याजमा रकम दिएको हुनसक्ने आशंका गरेका छन् ।

ब्यूरोका प्रवक्ता श्यामकुमार महतोको अनुसार बैंकमा भएको जम्मा रकम हरेक महिनाको अन्तिममा अध्यावधिक हुने गर्छ । केन्द्रीय शाखाले अन्य शाखाहरुले राखेको रकम जाँच गर्ने वेला दोलालघाट शाखामा साढे दुई करोड रुपैयाँ कम देखियो ।

‘त्यसपछि केन्द्रीय शाखाले नै छानविन गरेर अनुसन्धानका लागि ब्यूरोलाई जाहेरी दिएको थियो’ महतोले अनलाइनखबरसँग भने, ‘त्यो पैसा कहाँ भयो भनेर हेर्दा व्यवसायीलाई कर्मचारीले भल्टबाट निकालेर दिएको देखियो ।’

एक अनुसन्धान अधिकृतका अनुसार कति ब्याजमा उनीहरुले रकम लगाएका थिए भन्ने खुलेको छैन । उनी भन्छन्, ‘अरुवेला पनि रकम दिने गरेको देखिन्छ तर यसपटक व्यवसायीले एक महीनामा पनि फिर्ता नगर्दा समस्या भएको जस्तो देखिएको छ ।’थप अनुसन्धान जारी छ ।

Related posts

तराई मधेसमा वर्षको तथा हावाहुरीका कारणले किसानहारु चिन्तितमा

hamronepaldainik

आलम द्वारा मुखिया कप क्रिकेट प्रिमियर लिगको उद्घाटन

hamronepaldainik

पर्सामा एकैदिनमा सकियो रविको बयान, सोधियो ५४ प्रश्न

hamronepaldainik
HamroNepalDainik