HamroNepalDainik.com
समाचारस्थानिय

धाेबिनी गाउँपालिका अध्यक्ष कुर्मीकाे हैकमवादी, एकलै दुईटा स्कार्पियाे गाडी प्रयाेग गर्दै

वीरगंज, १२ मंसिर ।

पर्साकाे धाेबिनी गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मीले सरकारी गाडीकाे दुरुपयाेग गरिरहेकाे पाइएकाे छ । अध्यक्ष कुर्मीले गाउँपालिकाकाे प्र. २ ००१ झा ३३ र प्र. २ ००१ झा ३४ नम्बरकाे दुईटा स्कार्पियाे गाडी आफ्नाे कब्जामा लिएर दुरुपयाेग गरिरहेकाे स्थानियहरुले वताएका छन् ।

गाउँपालिका अध्यक्ष कुर्मीले पहिलादेखी नै पालिकाकाे एउटा स्कार्पियाे गाडी प्रयाेग गर्दै आएपनि कार्यालयकाे कामकाजमा प्रयाेग हुँदै आएकाे अक्राे हाप बडी स्कार्पियाे गाडी पनि आफ्नाे कब्जामा लिएका छन् ।

स्थानियहरुका अनुसार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरका छात्राहरुकाे आवश्यकतालाई मध्यनजर गर्दै प्रमुख प्रशासकिय अधिकृत राजु साहले पालिकाकाे हाप बडी स्कार्पियाे गाडीमा सेनेटरी प्याड राखी विद्यालयमा आफै पुगी छात्राहरुलाई वितरण गरेपछि रिसाएका अध्यक्ष कुर्मीले कार्यालयकाे कामकाजमा प्रयाेग हुँदै आएकाे साे गाडी पनि ड्राइभरसंग आफ्नाे घरमा मगाएर हैकमवाजी देखाएका हुन् ।

आफुले चाहेकाे व्यक्तिलाई विद्यालयकाे प्रधानाध्यापक बनाउने अध्यक्ष कुर्मीकाे याेजना अदालतले तुहाएपछि असन्तुष्ट बनेका उनी साेही विद्यालयमा प्रमुख प्रशासकिय अधिकृत साहले सेनेटरी प्याड वितरण गरेपछि प्रमुख प्रशासकिय अधिकृत साहमाथी आक्राेसित भएकाे स्थानियहरुकाे भनाई छ । प्रमुख प्रशासकिय अधिकृतमा साह आएदेखी गाउँपालिकाकाे विकास निर्माणकाे कामले गति लिए पनि अध्यक्ष कुर्मीले गाउँपालिकाकाे कामकाज भन्दा उनकाे सरुवा गराउनमा व्यस्थ देखिएका छन् ।

जसका कारण गाउँपालिकाकाे विकास निर्माणकाे काम पनि प्रभावित हुने देखिएकाे छ । जिल्ला मै बदनाम रहेकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत साह आएदेखी सुधार हुँदै गए पनि अध्यक्ष कुर्मीका कारण पहिला जस्तै बाँडीचुडी खाने गाउँपालिका कै रुपमा रहने देखिएकाे स्थानियहरुले वताएका छन् ।

Related posts

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

hamronepaldainik

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने महानगरको कदमको सर्वोच्चद्वारा सदर

hamronepaldainik

चेकजाँचको नाममा प्रहरीले दु:ख दिएकाे ट्रान्सपोर्ट ब्यवसायीको आराेप

hamronepaldainik
HamroNepalDainik