HamroNepalDainik.com
राजनीतिसमाचार

नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको अध्यक्ष माधवकुमार नेपालको कडा टिप्पणी

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागेको बताएका छन् ।

आज जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका हुन् ।

संबोधन गर्ने क्रममा अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै अब धाक नदेखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनि दिएका छन् । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको हो’ उनले भने ।

साथै, उनले अहिलेको अवस्थामा नेकपा एकिकृत समाजवादी पार्टीको चुनाव चिह्न ‘कलम’ चम्किरहेको उनको दाबि थियो । नेकपा एकीकृत समाजवादी मा जनताको आकर्षण देखेर ओली आत्तिएका छन्, ‘हाम्रो पार्टीमा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन्’ उनले भने ।

Related posts

ओलीले दिए स्पष्टीकरण : पीएचडी गरेकालाई मैले कहाँ होच्याएँ ?

hamronepaldainik

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

hamronepaldainik

राप्रपाले प्रधानमन्त्रीलाई भन्यो : भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन

hamronepaldainik
HamroNepalDainik