HamroNepalDainik.com
राजनीतिराष्ट्रियसमाचार

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

६ मंसिर,

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ ।

हाल ७७ ओटा जिल्ला प्रशासन कार्यालय र ४० इलाकाओटा प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली सङ्कलन हुनेछ ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।

आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरुको विवरण संकलन गर्ने गरेको छ तर मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ । आयोगले मंसिर १७ गतेदेखि सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण संकलन गर्ने भएको छ । हाल स्थायी ठेगाना रहेका जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संङ्कलन भइरहेको छ ।

Related posts

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

hamronepaldainik

विपक्षीको अनुपस्थितिमै लुम्बिनीका मुख्यमन्त्रीले लिए विश्वासको मत

hamronepaldainik

समाजवादी प्रेस संगठन पर्साको दुई वटै समानान्तर कमिटी बिघटन, संयोजकमा चौरसिया चयन

hamronepaldainik
HamroNepalDainik