HamroNepalDainik.com
समाचारस्थानिय

पटेर्वा सुगौलीको सातौं गाउँ सभा सम्पन्न

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको सातौं गाउँ सभा बिहिबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएकाे गाउँ सभामा आर्थिक बर्ष २०७८/०७९ को लागि ३६ करोड ८९ लाख २६ हजार ९ सय १३ रुपैया बराबरको बजेट गाउँपालिकाकी उपाध्यक्ष ममताको महतोले प्रस्तुत गरेकी छिन् । गाउँ सभाले चालु आर्थिक बर्षमा संचालनको हुने योजनाहरुलाई समेत पारित गरेको छ ।

सभाले चालु आर्थिक बर्षमा शिक्षा,स्वास्थ्य, कृषि, भौतिक पूर्वधार विकास, सडक खानेपानी, समाजिक विकास र सार्वजनिक मठ मन्दिर धार्मिक एवम् ऐतिहासिक ठाउँहरुको संरक्षण लगायतलाई विशेष प्राथमिकताकामा राखेकाे छ ।

गाउँपालिका प्राङ्गणमा भएकाे गाउँ सभामा वडाध्यक्षहरु फरमान मिया, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साह,  गाउँ कार्यपालिका सदस्य ,वडा सदस्यहरु एवम् पालिकाको कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रसासकिय अधिकृत भुजेन्द्र प्रसाद यादवले गरेका थिए भने कार्यक्रमको संचालन समाजिक शाखा प्रमुख राजकुमार महतोले गरेका थिए ।

Related posts

धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन सरकारलाई

hamronepaldainik

भ्रष्टाचार विरुद्ध वीरगंजमा जनमतकाे प्रदर्शन

hamronepaldainik

सुनसरीको ५ पालिकामा कर्फ्यू जारी

hamronepaldainik
HamroNepalDainik