HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

आतङ्कवादी हमला हुने आशङ्का : रक्सौलमा प्रहरीद्वारा चेकजाँचमा तीव्रता

वीरगञ्ज ६ असोज । पाकिस्तानका दुई संदिग्ध व्यक्ति पक्राउ परेपछि भारत, रक्सौलमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ  ।

बिहारमा आतङ्कवादी हमला हुने भन्दै समस्तीपुर, दरभङ्गा, सीतामढी, सुपौल, मोतिहारी, बेतिया, मुजफ्फरपुर, खगडिया, मधुबनी, बेगुसराय, सहरसा, मधेपुरा, पूर्णियालगायतका स्थानमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।

आतङ्कवादी हमला हुने भन्दै रेलवे सुरक्षा बलका मण्डल सुरक्षा आयुक्तले बिहार सुबेको १३ जिल्लाका एसपी र रेल पुलिसलाई सतर्क हुन आदेश दिए । यस क्रममा प्रहरीले रेलका यात्रीहरूको चेकजाँचलाई तीब्रता दिएको छ ।दिल्ली प्रहरीले ६ जना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो ।

Related posts

पर्साकाे अधिकांश पालिकामा मुख्य ३ दल बिच नै प्रतिस्पर्धा

hamronepaldainik

मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik