HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा ट्रेडमार्क र डिजाईन चोरी गरी प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने रोहित प्रहरीको फन्दामा

वीरगञ्ज ५ असोज । ट्रेडमार्क र डिजाईन चोरी गरी बनाएको प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने वीरगञ्जका एक जना उद्योगी प्रहरीको फन्दामा परेका छन् ।

सूचनाको आधारमा वीरगञ्ज ८ मा सञ्चालित अन्नपूर्ण मसला उद्योगमा प्रहरीले छापामारी गरी तयारी मसला र कच्चा मसालासहित उद्योग सञ्चालक रोहित साह कानुलाई पक्राउ गरेको हो ।

कानुले अन्नपुर्ण मसला उद्योगका मसलाहरूमा बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा ती मसला बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले छापामारी गरेर ६ सय ५४ पोका मसला तयारी मसला, १० बोरा कच्चा मसला र मसला पिस्ने मेसिन एक थान बरामद गरेको छ ।

यस्तै बीएमसी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनका लेबलहरूसमेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेक कानुलाई प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

hamronepaldainik

वीरगन्जमा स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित दुईजना पक्राउ

hamronepaldainik

लोसपा नेपाल बाट बिन्दवासिनीमा गाउँपालिका अध्यक्ष पदकाे उम्मेदवार तिवारी घरदैलो अभियानमा व्यस्त

hamronepaldainik
HamroNepalDainik