HamroNepalDainik.com
उधोग

वीरगंजमा निटको टायल्सको शो रुम संचालन, मन्त्री शर्माले गरे उद्घाटन

वीरगंज । वीरगजमा निटको टायल्सको फ्रेनचाईजिजमा आकर्शक शो रुम खुलेको छ । निटकाे कम्पनीका टायल्स र मार्बलको शो रुमको उद्घघाटन प्रदेश २ का उर्जा तथा खाने पानी मन्त्रि ओमप्रकास शर्माले गरेका छन् ।

शाे रुमकाे उद्घघाटन गर्दै मन्त्री शर्माले कोरोना कालमा उधोगीहरुकाे अवस्था नाजुक रहको वताए । उनले बैंकका ब्याज र कर्मचारीहरुका तलबले गर्दा ब्यवस्यामा क्षति वताएकाे वताए । तर पनि उधाेगीले आफनो कर्म नछाडनु हिम्मतका साथ व्यवसायी प्रति अग्रसर हुनु स्वागत याेग्य रहेकाे वताए ।

नेता तथा व्यावसायी मोहम्मद सहाबुदिनले वीरगञ्जमा र्निमाण भइरहेका घर तथा होटलमा चाहीने राम्रो टायल्स र मार्बलका लागी भारत, काठमान्डौं अन्य स्थानमा अब जानु नपर्ने वताए ।

उनले भने “पछिल्लो समय टायल्स र मार्बलका लागी दिल्ली अथवा देशकै राजधानी काठमान्डौ जानु पर्ने अवस्था थियाे । बजारमा विभिन्न थरीका टायल्स र मार्बल कम्पनिका शोरुम भएता पनि निट्कोे कम्पनीको भारत तथा विश्वमा आफनो छुटै पहिचान रहेको छ । त्यसैले अब बाहिर जानु पर्दैन ।”

उद्घघाटन कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, राजनितीकर्मी राम नारायण प्रसाद कुर्मी, ध्रुव नेपाल, निट्को कम्पनिका प्रतिनिधिद्वय सिनियर रिजनल म्यानेजर उत्तम रिमाल, इन्जिनियर नवल चन्द्रा, एरिया म्यानेजर बिमल ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।

Related posts

एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैंक ग्यारेन्टीको व्यवस्था खारेज

hamronepaldainik

महानगरसहित औद्योगिक करिडोरका तीन वटै स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

hamronepaldainik

क्रसर खोल्न दिने सरकारको निर्णय

hamronepaldainik
HamroNepalDainik