HamroNepalDainik.com
प्रदेशसमाचार

मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

१४ फागुन,वीरगंज । राैतहटकाे मौलापुर नगरपालिकामा आयाेजित मधानी महोत्सव २०८१ काे विशेष सांस्कृतिक कार्यक्रम बुधबार भव्य रुपमा सम्पन्न भएकाे छ ।
मधानी महायज्ञलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न तथा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गराउने संकल्पका साथ मौलापुर नगरपालिकाद्वारा अयोजित मधानी महोत्सव २०८१ विशेष सांस्कृतिक समरोह अपार उत्साहवर्धक जनसैलाबका साथ सम्पन्न भएको हाे ।
माैलापुर नगरपालिकाकी मेयर रिना साहकाे अध्यक्षतामा भएकाे सांस्कृतिक कार्यक्रमकाे उद्घाटन आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले गरेका थिए ।
कार्यक्रममा भारतका भाेजपुरी सुपरस्टार गायक रितेश पाण्डे, वरिष्ठ संगीतकर्मी एंव पूर्व मन्त्री विनय बिहारी, भाइरल गर्ल मोनालिसा, निर्देशक सनोज मिश्रा, सिखर संतोष, प्रिया सोहानी तथा नेपालका चर्चित कलाकार प्रीति पासवान, रचना सिवकोटी, सुनील पण्डित, विशाल यादव, दीपलाल यादव, नन्दू श्रीवास्तव, सुनिल पण्डित, रेविका अधिकारी सहितका कलाकर्मीहरूको सान्दर प्रस्तुतिसमेत राखेका थिए ।त्यसअघि कार्यक्रम सहभागि चर्चित कलाकारहरूले महाशिवरात्रिको अवसरमा मौलापुर नगरपालिका स्थित पतौराधाम शिवमन्दिरमा दर्शन समेत गरेका थिए । मधानी महोत्सवमा सहभागिता जनाउन पुगेका कलाकारहरूले विशेष पूजा समेत गरेका थिए ।

Related posts

चिसोबढन थाले पछि गरीबहरुलाई मानिनय पटेल द्वारा कम्बल बितरण

hamronepaldainik

पर्सागढी नगरपालिकामा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न प्रधानमन्त्री देउवा प्रतिबद्ध

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

hamronepaldainik
HamroNepalDainik