HamroNepalDainik.com
समाचार

स्रोत नखुलेको साढे १८ लाखसहित नागढुंगाबाट १ जना पक्राउ

१८ चैत, काठमाडौं । स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसब श्रेष्ठ छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले साढे १८ लाखसहित पक्राउ गरेको हो ।

उनी लु २ ख ४५३५ नम्बरको बसका चालक रहेको प्रहरीले जनाएको छ । उक्त रकम तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पु¥याइदिन भनि दिएको श्रेष्ठले प्रहरीसमक्ष बताएका छन् । अनलाईन खबर

Related posts

अमानविय क्रियाकलापको विरुद्ध वीरगंजमा प्रदर्शन

hamronepaldainik

आरकेएल दास एण्ड कम्पनीद्धारा शुभ दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान

hamronepaldainik

कालिकामाईमा प्रथम उपाध्यक्ष क्रिकेट टुर्नामेन्ट सुरु,उपाध्यक्ष बरैनी द्वारा उदघाटन

hamronepaldainik
HamroNepalDainik