HamroNepalDainik.com
समाचार

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा थप एकजना चिकित्सक पक्राउ

काठमाडौँ। नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौँबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पक्राउ परेकी हुन् । उनलाई काठमाडौँस्थित घरबाट पक्राउ गरेको हो ।यसरी पक्राउ पर्नेको सङ्ख्या ८ पुगेको छ ।

सिआइबीले मोरङ क्षेत्र नम्बर ३बाट निर्वाचित काङ्ग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ । डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका छन् ।

सिआइबीले फक्सट्रट चार्ली अपरेसन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो ।

Related posts

पर्सा प्रहरी द्वारा ठुलो मात्रामा लागु औषध बरामद, चार जना पक्राउ

hamronepaldainik

आतङ्कवादी हमला हुने आशङ्का : रक्सौलमा प्रहरीद्वारा चेकजाँचमा तीव्रता

hamronepaldainik

प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीहरु बीच छलफल

hamronepaldainik
HamroNepalDainik