HamroNepalDainik.com
समाचारसाहित्य

विश्व प्रसिद्ध महागढीमाई मन्दिरको भेटि अब नगरपालिकाले व्यवस्थापन गर्ने

२९ असार बारा। मधेस प्रदेशको बारा जिल्लामा रहेको विश्व प्रसिद्ध महागढीमाइ मन्दिरको लाखौं रकमको भेटि अब नगरपालिका भित्र ल्याउनुपर्ने सुझाव आएको छ ।
लामो समयदेखि सो मन्दिरको भेटि कहाँ र कसरी प्रयोग भइरहेको छ भन्ने बारेमा स्थानीय बासिन्दाहरुलाई समेत जानकारी नभएकोले अब महागढीमाइ नगरपालिकाले पुजा र भेटि ब्यवस्थापन कार्यविधि निर्माण गरेर आफ्नो मातहतमा ल्याउन अहिले चारैतिरबाट दवाब दिनुपर्ने महागढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए ।
हरेक ५ वर्षमा एक पटक ठूलो मेला लाग्ने र अरु बेला हरेक दिन भक्तजनले चढाउने गरेको भेटि पैसाले विभिन्न विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा अन्य आयस्रोतमा खर्च गर्न व्यवस्थापनलाई टेवा पु¥याउने भएकोले अब ढिलो नगरी यो कार्यविधि बनाउनुपर्ने सुझाव दिनुभएको छ । मेलाको दिन लाखौं रकम भक्तजनहरुले पुजापाठ गर्ने बेलामा भेटि चढाउने गरेको भए पनि अहिलेसम्म खासै लेखाजोखा नभएकोले अब यसरी हचुवाको भरमा मन्दिरको भेटि अवस्थित तरिकाले अपचलन भइरहेको आशंका ब्यक्त गदै यसलाई ब्यवस्थापन गर्न महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, महानगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई, नगरपालिकाका उपप्रमुख तारादेवी कानु, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होमेन्द्र बोगटी, नेपाली सेनाका सेनानी, सीमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरीक्षक, मन्दिरका पुजारी तथा भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी लगायतको विशेष उपस्थित रहेको थियो ।
बैठकले यस कार्यविधिलाई तत्काल पास गरेर अगाडि बढाउने नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन । यो मन्दिरको भेटि लामो समयदेखि अवस्थित रहेको उक्त रकमले अब महागढीमाई नगरपालिकालाई थप आर्थिक सामाजिक धार्मिक तथा संस्कृतिक र विकास निर्माणकार्य टेवा पुग्ने विश्वास रहेको नगर प्रमुख यादवको भनाइ रहेको थियो । हामीले यसलाई ब्यवस्थापन गर्न हरेक पटक प्रयास गरेको भए पनि अहिलेसम्म यो कार्यविधि नबनेकाले काम अगाडि बढाउन ढिलो भएको स्विकार समेत गरेका छन् । उनले भने यसअघि के भयो त्यो मलाई थाहा छैन तर मेरो कार्यकालमा यसलाई पुर्ण रुपमा ब्यवस्थापन गर्ने योजना रहेको दाबी समेत गरे ।

Related posts

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

hamronepaldainik

नेपाल भोजपुरी प्रतिष्ठान वीरगञ्जद्वारा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

hamronepaldainik

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

hamronepaldainik
HamroNepalDainik