HamroNepalDainik.com
समाचारस्थानिय

पर्साको ईटियाहीमा घरको स्ल्यापबाट खसेर किशोरको मृत्यु

वीरगञ्ज ८ कार्तिक । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ३ ईटियाहीमा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी गा.पा. वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय  अरबिन्दकुमार दासको मृत्यु भएको हो ।                                                                           सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको पता लिन बोटतिर गएका थिए । त्यसैक्रममा निर्माणाधीन उक तले  घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए ।  जडान नभएको स्ल्याप अचानक खुस्किन गई  जमिनमा लडेर गम्भिर घाइते भएका थिए ।

परिवार जन तथा स्थानीय उद्धार गरी उपचारार्थ बाराको प्रसौनीस्थित एल.एस.न्युरो अस्पताल पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

Related posts

बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

hamronepaldainik

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

hamronepaldainik

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ ः प्रधानमन्त्री

hamronepaldainik
HamroNepalDainik