HamroNepalDainik.com
खेलकुदसमाचार

क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न।

वीरगंज, पर्सा

क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। Dharache Rural municipality Sport Commitee मेचिखोला गण्डकी प्रदेश ध्दारा योजना गरिएको राष्ट्रिय स्तरको कराये प्रतियोगिता मा पर्सा जिल्ला बाट सामिल भएका खेलाडीहरु मध्ये राष्ट्रिय स्तरको कराते प्रतियोगिता बाट बिजेता भएका लाइ एक कार्यक्रम का बिच सम्मान गरिएको छ।

सम्मान कार्यक्रम को प्रमुख अतिथि  वीरगंज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी तथा विशिष्ट अतिथि वीरगंज महानगरपालिका वडा नं १० को वडा अध्यक्ष रामनगिना प्रसाद साह कानुले गोरखामा भएको राष्ट्रिय कराते प्रतियोगिता बाट बिजेता भएका लाइ प्रमाण पत्र र शिरिज ले सम्मान गरेका थिए।

सम्मान हुनेमा प्रथम बिजेता वीरगंज महानगरपालिका वडा नं १० का १६ बर्ष का उमेर मा जापनिज कालो बेलट दुई पटक पाइसकेका आदर्श गुप्ता, दोस्रो बिजेता मा शिभम साह, तेस्रो बिजेतामा शिदा पटेल,पिरिया सिंह ,असमता धरेल, बिनिता मंडल, लगायत का सहभागी खेलाडीहरूलाई सम्मान गरेका थिए। सम्मान गर्दै नगर प्रमुख सरावगी र विशिष्ट अतिथि कानु ले बिजेता खेलाडीहरू लाइ शुभकामना दिदै आगामी दिनमा पनि आफनो जिल्ला र प्रदेस लाइ नाम चिनाउँदै देश को नाम उच्च रुपमा चिनाउन बधाई सहित शुभकामना दिएका थिए।

साथै क्योकुशिन कराते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतो लाई समेत बधाई दिएका थिए। उत्कृष्ट खेलाडीहरु यही आउदो पुस २१ गते को भारतको कालकाता मा हुने कराते मा सहभागीहुने किओकुसिन कराते एसोसिएसन का राष्ट्रिय अध्यक्ष राजकुमार महतो ले जानकारी दिए। सम्मान कार्यक्रम क्योकुशिन कराते संघ राष्ट्रिय अध्यक्ष राजकुमार महतो को सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं १० का वडा सदस्य अरबिन्द गुप्ता, संचारकर्मी ,पवन प्रसाद साह लगायतका ब्यत्किहरु को उपस्थिति रहेको थियो।

Related posts

वीरगञ्ज महानगरले गर्यो श्वेत पत्र जारी : श्वेत पत्रले देखाएको बेथितीलाई अन्तय गर्ने मेयर सिंहको प्रतिब्धता

hamronepaldainik

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

hamronepaldainik

सिफारिस विपरीत सरकार ससर्त अनुदानमा केन्द्रित, वित्त आयोग असन्तुष्ट

hamronepaldainik
HamroNepalDainik