HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि वीरगञ्जमा विरुद्ध प्रदर्शन

वीरगञ्ज, २७ कार्तिक ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै शनिबार वीरगञ्जमा युवाहरु प्रदर्शन गरिएको छ ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो ।

अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारीको नेतृत्वमा वीरगञ्जको घन्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आदर्शनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएको कोणसभामा परिणत भएको थियो । अनेरास्ववियुका विद्यार्थी नेताहरूले मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्दै ‘प्रधानमन्त्री देउवा मुर्दावाद’, ‘नाफाघाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ,’ ’जनतामारा सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्वविययुका केन्द्रीय सदस्य हेमन्त तामाङले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट सरकारको रुपमा प्रमाण्ति भएको आरोप लगाए । आफ्नै जनतालाई सुख र समृद्धि दिनुपर्नेमा उल्टै लुट्न र जनतालाई पिडा दिन मात्रै केन्द्रित भएको तामाङ्को भनाई छ ।

सभालाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका सचिव एवं पुर्व विद्यार्थी नेता रामकिशोर सिँह (पराग) ले जनतालाई मार्ने र सास्ती दिने काम तत्काल नरोके र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नभए चरण बद्ध रुपमा सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी  दिए ।प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सदस्य मेराजुल हवारी, अकलेश साह, नेताहरु जावेद हवारी, विकेश यादव, जेयाद अन्सारी, ठाकुरराम बहुमुखी क्याम्पस कमिटीका संयोजक आसिफ अहमद, अखिलका राष्ट्रिय परिषद् सदस्य विकास यादव, विद्यार्थी नेता भक्ति अग्रवाल, नितेश वर्णवाल, अनिकेत श्रीवास्तव, पुकार सुवेदि, तुफैर अंसारी, सुजित मण्डल लगायतको उपस्थिति रहेको थियो ।

Related posts

ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

hamronepaldainik

नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास

hamronepaldainik

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता अब वीरगंजमा

hamronepaldainik
HamroNepalDainik