HamroNepalDainik.com
प्रदेशसमाचार

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ, के भन्छ प्रहरी अनुसन्धान ?

जनकपुरधाम १ कार्तिक । महोत्तरीमा आफ्नै भाउजूलाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका देवरलाई प्रहरीले सार्वजनिक गरेको छ। महोत्तरी गाउँपालिका–३ मडीकी ४२ वर्षीया शिलादेवी झाको हत्या गरेको आरोपमा उनकै देवर ४२ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सार्वजनिक गरिएको हो ।

सञ्जयले अन्धविश्वास र भाउजूले सापटी लिएको रकम फिर्ता नदिँदा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। शिलाको शव बिहीबार बिहान फेला परेको थियो। मंगलबार राति सुतेकी शिलाको टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको अवस्थामा ओछ्यानमा शव फेला परेको थियो।

के भन्छ प्रहरी अनुसन्धान?

सगोलमै बस्दै आएकी शिलाका कान्छो देवर सञ्जयको यही वर्षको असारमा विवाह भएको थियो। सगोलमै बस्ने क्रममा शिलाले सञ्जयकी श्रीमती रिंकु देवी झालाई केरा खान दिएका कारण रिंकुको गर्भ खेर गएको भन्दै सञ्जय श्रीमतीकी हजुरआमाको जनकपुरस्थित घरमा बस्न थालेका थिए।रिंकुले बेलाबेलामा मुखबाट फिँज निकाली बिरामी भएकोमा अस्पतालमा निको नभएपछि सञ्जयले डेढ महिनाअगाडि श्रीमतीलाई झाँक्रीलाई हेराउन लगेका थिए। सोही क्रममा रिंकुले काँप्दै छोरालाई टुनामुना गरी मारेको बताएकी थिइन्।

झाँक्रीसमक्ष रिंकुले यस्तो भनेपछि सञ्जयले शिलाले केरा खुवाएको कारण श्रीमतीको गर्भ तुहिएको मानसिकता बनाएका थिए। त्यस्तै, सञ्जयले भाउजू शिलाजलाई १२ लाख ३९ हजार सापटी दिएकामा पटक–पटक फिर्ता माग्दासमेत नदिएकाले भाउजूलाई मारेपछि आफ्नो परिवार सुरक्षित हुने अन्धविश्वासका कारण हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भाउजूको हत्या गर्न सञ्जय बुधबार साँझ करिब ५ बजे जनकपुरबाट मडैस्थित घरमा आएका थिए। बिहीबार बिहान करिब ३ बजे भाउजू शिला सुतेको बिछ्यौनामुनि रहेको हथौडाले टाउकामा तीन पटक प्रहार गरेर हत्या गरी पुनः जनकपुर फर्केका थिए।

Related posts

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

hamronepaldainik

१० लाख घुस लिएको सूचना दिदा पनि कुनै कारवाही हुँदैन, तर दुई पैसा कमाउने सर्वसाधारण थुनामा पुग्छन्

hamronepaldainik

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सुरु

hamronepaldainik
HamroNepalDainik