HamroNepalDainik.com
राष्ट्रियसमाचार

१७५ किलो लागुऔषध गाँजा र ट्रक सहित दुई जना पक्राउ

असोज ०७ पर्सा,
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका बाट लागु औषध गाँजा र ट्रक सहित दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ | नियन्त्रणमा आएका मकवानपुरको भिमफेदी गाऊँपालिका वडा नं. ९ बस्ने वर्ष ३१ को मोहन स्याङतान र सोहि ट्रकमा सवार जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष २४ को प्रसान्त कार्की रहेको प्रहरीले जनाएको छ | सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको टोलिले हेटौडा उपमहानगरपालिका थानाभर्याङ स्थितमा पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रक बाट लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ | चेकजाँचको क्रममा फेला परेको लागुऔषध गाँजा १७५ किलो रहेको हुँदा ट्रकचालक स्याङतान र कार्कीलाई उक्त लागुऔषध गाँजा र ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ |

Related posts

सकियो निजामती विधेयकमा संशोधनकर्ताको छलफल 

hamronepaldainik

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

hamronepaldainik

प्रदिप यादवलाई मन्त्री नबनाएपछि उपेन्द्र यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

hamronepaldainik
HamroNepalDainik