HamroNepalDainik.com
समाचार

थप ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । जसमध्ये ९ हजार ९२२ जनाको मृत्यु भएको छ भने ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेकोमा ६८६ जनाको आईसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा थपिए ९०४ संक्रमित, झापामा २२६ जना

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ९०४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना संक्रमित छन् ।

मन्त्रालयका अनुसार झापामा २२६, चितवनमा १६४, मोरङमा १३७, मकवानपुरमा १२५, सुनसरीमा १२१ र कास्कीमा १०३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नवलपरासी पूर्वमा ७९, रुपन्देहीमा ६१, बागलुङमा ५४, काभ्रेमा ५३, दोलखामा ३४, धादिङ र दाङमा २४/२४, नुवाकोटमा २३ र पाल्पामा २२ जना संक्रमित थपिएका छन् ।

Related posts

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता, राजेशमान प्रतिको आकर्षण बढ्दै

hamronepaldainik

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, छानबिन समिति गठन

hamronepaldainik

पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

hamronepaldainik
HamroNepalDainik