HamroNepalDainik.com
समाचारस्थानिय

नारायणी अस्पतालको मेसुमा डा. एनामुल हकलाई न्युक्त

१३ जेठ, बिरगंज

स्वास्थ्य मन्त्रालयले बिरगंज नारायणी अस्पतालको मेडिकल सुपरीडेन्टेण्ट (मेसु) मा डाक्टर एनामुल हकलाई नियुक्त गरेको छ । मन्त्रालयले यसअघि कार्यरत निमित्त मेसु डाक्टर चित्तरन्जन साहलाई हटाएर दशौं तहका डाक्टर हकलाई मेसुमा नियुक्त गरेको हो ।

आइतबार मेसुको जिम्मेवारीबाट हटाइएका डाक्टर चितरंजन  साहले  २०७९ माघदेखि निमित्त मेसुको जिम्मेवारी पाएका थिए ।करिब १५ महिना निमित्त मेसुको जिम्मेवारी सम्हालेका साहलाई पुन वीर अस्पतालमा काज फिर्ता गराएर मन्त्रालयले डाक्टर हकलाई मेसुको जिम्मेवारी दिएको हो ।

श्रोतका अनुसार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाहनामा मन्त्रालयले डाक्टर हकलाई अहिले नारायणी अस्पतालको मेसुको जिम्मेवारी दिएको हो ।

Related posts

सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल (salowly) गेम सम्पन्न

hamronepaldainik

चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढयो

hamronepaldainik

सकियो निजामती विधेयकमा संशोधनकर्ताको छलफल 

hamronepaldainik
HamroNepalDainik