HamroNepalDainik.com
Uncategorizedसमाचार

पर्साको तिलावे पुलमा अहमदिया संघ द्वारा चिसो पानी वितरण

वीरगञ्ज ३१ जेष्ठ , प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला ” सबैलाई प्रेम गर घृणा कसैलाई ” नगर मुल नाराका साथ पर्सा जिल्लाको मुख्य सडकमा वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं र १९ विन्दवासिनी संग जोडिएको तिलावे पुलमा आज चिसो पानी तथा सर्बत वितरण गरिएको छ।

तिलावे पुलमा बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क पानी सर्बत वितरण गरिएको छ ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर आज पर्साको तिलावे पुलमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब २१०० सय जनालाई निःशुल्क सर्बत र चिसो पानी वितरण गरिएको
अहमदिया संघ नेपाल बारा, पर्सा इन्चार्ज हासिन अहमदले बताए ।
सो कार्यक्रममा अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष सलिम अहमद लगायत संघका सदस्यहरूको सहभागिता रहेको थियो

Related posts

नारायणी अस्पतालको मेसुमा डा. एनामुल हकलाई न्युक्त

hamronepaldainik

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ ः प्रधानमन्त्री

hamronepaldainik

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

hamronepaldainik
HamroNepalDainik