बिरगंज २७ भाद्र । सशस्त्र प्रहरी बल गण नं.७ सिरहाले भारीमात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी सिरहाले चर्ड पर्वलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था काडा बनाउन गणपति रमेश कुमार थापाले बताएको छ ।
भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाबाट खटिएको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाको निर्देशणमा सिरहा नगरपालिका–६ वसविट्टाको कमला किनारबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर पुगेकाले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जानकारी दिए । बरामद भएको पटाका अन्दाजी करीब रु दुई लाख मूल्य बराबरको रहेको र त्यसलाई समाजसेवि,नागरिकसमाज, नेपाल प्रहरीका प्रतिनिधि,पत्रकारको रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
सिरहाली सशस्त्र प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सबै सरोकारवाला निकायलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गर्दै सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि महत्व दिएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले बताए ।
चाडपर्वमा थप सिमानाकामा निगरानी बढाउदै तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण सशस्त्र प्रहरीको प्राथमिकतामा छन् । त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने उनले बताए ।
शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा समेत विशेष निगरानी थालिएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापो जनाएको छ ।