१) दिनभरी office मा computer अगाडी बसेर काम गर्छू I बेलुका घर पुग्दा टाउको भरी हुने, आँखा दुख्ने र रातो हुने गर्छ! यो किन भएको होला र यसबाट कसरी बच्ने ?
यो समस्या computer बाट निस्केको प्रकाश र लामो समय सम्म computer प्रयोगले हुने गर्दछ I यसबाट बच्न 20-20-20 को नियम पालना गर्नु पर्छ I
(क ) computer प्रयोग गरेको 20 मिनेट पछि 20 सकेन्डको लागि आँखा बन्द गर्ने र 20 फिटको दुरी (झयाल बाहिर) हेर्ने I
(ख) computer प्रयोग गर्दा बीच -बिचमा आँखा झिम्काउनु पर्छ I
(ग) ब्लु- कट (Blue-cut) चस्मा प्रयोग गर्नु पर्छ I यो नियमहरु पालना गर्दा आँखा सुख्खा हुनबाट बचाउछ I र आँखाको पावर बढनबाट सुरक्षित गर्छ
२) कसै कसैलाई सियोमा धागो हाल्न र चामल केलाउन गार्हो हुने गर्दछ यो के कारणले होला?
प्राय जसो 40बर्षको उमेर पछि यो समस्या हुने गर्छ I आखा भित्र को लेन्स मा उमेर अनुसारको परिवर्तन ले गर्दा निजको स -साना कामहरु जस्तै, सियोमा धागो हाल्ने चामल केलाउने गार्हो हुने गर्दछ I यसको लागि आखा जाच गराई उमेर अनुसारको चस्मा प्रयोग गर्नु पर्छ I
३) हाम्रो घर अगाडिको पसले दाई पढ्दा मात्र चस्मा लगाउनु हुन्छ I के सबैलाई पढ्दा चस्मा लगाउन जरुरि छ?
यो समस्या पनि माथि भने जस्तै 40 वर्षको उमेर पछि प्राय हुने गर्दछ I
४) मधुमेह भएको व्यक्तिले नियमित आखा जचाउन किन जरुरि छ?
मधुमेह भएको व्यक्तिको रगतमा चिनीको मात्रा बढेको कारण अथवा लामो समय सम्म मधुमेह भएको व्यक्तिमा आखा को पर्दमा समस्या हुने गर्दछ I यसको कारण आखाको दृष्टि (रोशनी ) गुम्न सक्ने सम्भावना भएकोले मधुमेहको बिरामीले नियमित 3 देखि 6 महिनामा आखा जाच गराउन जरुरी हुन्छ I
५) आखा बाट प्रस्ट देखन गार्हो हुने र घाममा आखा चकमकाउने हुनु को कारण के होला?
उमेर बढ्दै जादा प्राय 50 देखि 60 बर्ष पछि आखामा मोतीयबिन्दु हुने गर्दछ I जसले गर्दा अरु मान्छेको अनुहार प्रस्ट न देख्नु र घाममा हेर्न गार्हो हुने गर्दछ I
६) मोतीयबिन्दु कुनै औषधिले कट्न सक्छ? कि यसको उपाय operation (शल्यक्रिया)मात्र हो?
अहिलेको समयमा अनुशान्धनले पता लगायको अनुसार मोतिया बिन्दुको एक मात्र उतम उपचार भनेको operation (शल्यक्रिया) नै हो I यसलाई कुनै पनि औषधिले काट्दैन I
७) गर्मिको कारण हाम्रो आखामा के कस्तो समस्या हुन् सक्छ र कसरी बच्ने?
गर्मीको बेला प्राय हाम्रो आखा सुखा हुने र (एलर्जी ) लेगर्दा आखा चिलाउने गर्दछ I यसबाट बच्न लाई डाक्टरको सलाह अनुसार थोपा औषधि आखामा लगाउनु पर्छ र उचित सलाह लिनु पर्छ I
८) सधै आखा मिस्नु र यो समस्या हरेक गर्मी महिना मा हुनुको कारण के हो?
यो आखामा हुने एलर्जी को समस्या हो जुन प्राय बच्चाहरु मा गर्मीको महिनामा बढी हुने गर्दछ I यसबाट बच्न लाई बच्चा हरुलाई आँखा मिस्न न दिने बरु चिसो पानीले आखा सेक्ने र डाक्टर को सलाह अनुसार औषधि प्रयोग गर्नु पर्दछ I
९) टाउको दुखेको मान्छेले आखा जाच गराउन किन जरुरि छ?
टाउको दुख्ने आखाको कारण पनि हुने गर्दा छ I 40 बर्ष मुनिको ब्यक्तिमा प्राय आखाको पावर बढेर टाउको दुख्छ र 40 बर्ष माथिका व्यक्तिमा प्राय आखाको प्रेसर बढेर टाउको दुखन सक्छ जसलाई जलबिन्दु वा कालो मोतीयाबिन्दु पनि भनिछ
यो दुईटै समस्या को लागि तुरुन्तै आखा जचाउन जरुरी हुन्छ I
१०) कुनै कुनै भर्खरै जन्मेको बच्चाहरुको आखाबाट आँसु र कचेरा आउने गर्दछ I यो आफै ठिक हुन्छ कि?
एक बर्ष मुनिको बच्चामा आखा बाट आँसु वा कचेरा आउनु सामान्य होइन I यो समस्या बच्चाको आँखाको, आँसुको नली बन्द भएको वा आखामा कुनै संक्रमण भएको कारणले हुन् सक्छ I त्यसैले आखाको डाक्टर संग तुरुन्तै उचित सल्लाह र उपचार गराउनु पर्दछ I
११) कुनै कुनै ठुलो मान्छेमा पनि आखाबाट सधै नै आँसु र कचेरा आउने गर्छ I यसको उपचार को लागि के गर्नु पर्छ?
ठुलो मान्छेहरुमा आँखा बाट धेरै आँसु र कचेरा आउनुको कारण आँखाको आँसुको नली बन्द भएर हुन् सक्छ I यसको लागि हामी आँसुको नलीको जाच गरि आँसुको नली बन्द भएमा शल्यक्रिया गरि यो समस्याको समाधान गर्छौ I यो शल्यक्रिया को लागि काठमाडौँ नै जानुपर्ने छैन, हामी बिरगंज मै गर्छौ..I.
डा. बि.डि. चौरसिया
आँखा रोग विशेषज्ञ
नारायणी अस्पताल (विभाग प्रमुख)
डा. चौरसिया, नारायणी अाई केयर ( आँखा उपचार केन्द्र) मा कार्यरत हुनु हुन्छ। यो Clinic विर्ता, वीरगन्ज, वडा प्रहरी कार्यालय पछाडि छ।